२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

काठमाडौं — सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएको छ। हेलिकप्टरमा यात्रु थिएनन्।

पाइलट विवेक खड्का सकुशल रहेका छन्। उनलाई लुक्ला विमानस्थलमा रहेको कैलाश एयरको हेलिकोप्टरले उद्धार गरेको विमानस्थल प्रमुख जेनिश राजभण्डारीले बताए।

दुर्घटनापछि लुक्ला विमानस्थलबाट काठमाडौं र रामेछापका लागि हुने नियमित उडान रोकिएको छ। “मौसम खुल्ने–बन्द हुँने भएकाे छ। सुधार आएपछि उडान फेरि सुरु हुनेछ,” राजभण्डारीले भने।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।