२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्युजर्सीमा गम्भीर घटना : महिलाको हत्या गरी जिउँदो देखाउने प्रयास

न्युजर्सीमा गम्भीर घटना : महिलाको हत्या गरी जिउँदो देखाउने प्रयास

न्युयोर्क-  न्युजर्सीस्थित एक गल्फ मैदाननजिक फेला परेकी एक महिलाको मृत्यु प्रकरणमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा उक्त पुरुषले हत्या पश्चात् पीडित अझै जिउँदो रहेको भ्रम फैलाउने प्रयास गरेको खुलेको छ।

एसिक्स काउन्टीका अभियोजकहरूले ३५ वर्षीय एन्ड्रेस काल्भाची–पाज लाई २८ वर्षीया डायना चिसागुआनो मालेजाको हत्यामा आरोप लगाएका छन्। उनको शव अक्टोबर ७ मा लिभिङ्सटनस्थित वालनट स्ट्रीट नजिक फेला परेको थियो।

सीडर हिल कन्ट्री क्लबमा कार्यरत एक कर्मचारीले दुर्गन्ध आएको महसुस गरी जंगलतिर गएपछि शव देखेका थिए।

प्रहरीका अनुसार काल्भाची–पाजले नर्कस्थित साझा अपार्टमेन्टमा भएको विवादपछि मालेजालाई घाँटी थिची हत्या गरेका थिए। त्यसपछि उनले शवलाई गाडीमा राखी घण्टौँसम्म घुमाएर अन्ततः सडककिनारमा फालेका थिए।

हत्या लुकाउन उनले पीडितको मोबाइल प्रयोग गरी फोटो र सन्देश पठाई उनलाई अझै जिउँदो देखाउने नाटक गरेको अभियोजनले जनाएको छ।

उनीमाथि पहिलो दर्जाको हत्या, शव विगार्ने र चोरी सम्बन्धी मुद्दा दर्ता गरिएको छ। अभियुक्तका कानुनी प्रतिनिधि बारे भने जानकारी उपलब्ध छैन।