२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

कुओमोले पाए पूर्व मेयर ब्लुमबर्गसहित दुई ठूला समर्थन

कुओमोले पाए पूर्व मेयर ब्लुमबर्गसहित दुई ठूला समर्थन

न्युयोर्क- न्युयोर्क मेयर चुनावको अन्तिम चरणमा प्रवेशसँगै स्वतन्त्र उम्मेदवार तथा पूर्व गभर्नर एन्ड्रु कुओमोले दुई प्रभावशाली राजनीतिक नेताको समर्थन पाएका छन्।

लङ आइल्याण्डका डेमोक्र्याट सांसद टम सुवोसीले कुओमोको समर्थन गर्दै भने, “म डेमोक्र्याटिक पुँजीवादी हुँ, समाजवादी होइन। यस्तो ठूलो शहर चलाउने जिम्मा कमजोर अनुभव भएका समाजवादीलाई दिन सक्दिन।”

त्यसपछि, पूर्व न्युयोर्क सिटी मेयर माइकल ब्लुमबर्गले पनि आफ्नो पुरानो समर्थन दोहोर्‍याउँदै कुओमोको “व्यवस्थापन अनुभव र दृढ नेतृत्व क्षमता” को प्रशंसा गरे।

कुओमोले भने, “यो शहर चलाउन के लाग्छ भन्ने राम्रोसँग बुझ्ने मेयरको समर्थन पाउनु सम्मानको कुरा हो।”

यसअघि गभर्नर क्याथी होचुल र हाउस मिनोरिटी लिडर हाकिम जेफ्रीजले डेमोक्र्याट उम्मेदवार जोहरान माम्दानीलाई समर्थन गरिसकेका छन्।

यसैबीच, सहरभर चलिरहेको प्रारम्भिक मतदानमा उच्च सहभागिता देखिएको छ। हालसम्म ३ लाख ७२ हजारभन्दा बढी मतदाताले मत दिएका छन्, जुन २०२१ को तुलनामा चार गुणा बढी हो।