भोजपुरमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु, चार घाइते
- १५ कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौं – षडानन्द नगरपालिका–४ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ र चारजना घाइते भएका छन्।
चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको काठ बोकेको ट्याक्टर (प्रदेश १–०२–००३ त १२१३) सडकबाट अनियन्त्रित भई खसेको थियो। दुर्घटनामा ट्याक्टर चालक २५ वर्षे आइतबहादुर तामाङ र १७ वर्षे नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख राजु लामाले जानकारी दिए।
दुर्घटनामा घाइते भएका १९ वर्षे दाछिरि शेर्पा, २३ वर्षे अम्बर तामाङ, १८ वर्षे सागर तामाङ र १८ वर्षीया सुनिता तामाङको दिङ्ला नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्याक्टर काठ बोकेर दिङ्ला बजारतर्फ आउँदै गर्दा सडक चिप्लिँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।