२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

मलेसिया सरकारले ल्याएको म्यानपावर मापदण्डमा व्यवसायीको विमति

मलेसिया सरकारले ल्याएको म्यानपावर मापदण्डमा व्यवसायीको विमति

काठमाडौं- मलेसिया सरकारले म्यानपावर कम्पनीहरूका लागि ल्याएको नयाँ मापदण्डप्रति नेपाली व्यवसायीहरूले आपत्ति जनाएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङका अनुसार मापदण्ड व्यावहारिक छैन र यसले धेरै कम्पनीलाई असर गर्न सक्छ।

मलेसियाले हालै १० बुँदे मापदण्ड जारी गरेको छ, जसमा कम्पनीलाई कम्तीमा पाँच वर्ष पुरानो हुनुपर्ने, पछिल्ला तीन वर्षमा तीन हजार कामदार पठाएको प्रमाण देखाउनुपर्ने, तीन देशमा श्रमिक पठाएको अनुभव, र ‘गुड कन्डक्ट सर्टिफिकेट’ पेस गर्नुपर्ने जस्ता शर्त छन्।

संघले सरकारले राय मागेकाले छिट्टै बैठक बोलाएर आधिकारिक सुझाव दिने बताएको छ। गुरुङले भने, “हामी यो मापदण्ड लागू हुन दिनुहुँदैन भन्नेमा स्पष्ट छौं।”