विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनेबारे गृह मन्त्रालयमा छलफल
- १६ कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौं- गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनेबारे छलफल भएको छ।
बैठकमा गृहसचिव रामेश्वर दंगाल, ओमप्रकाश अर्याल, प्रा. डा. लेखनाथ शर्मा र डा. दीपक खड्का सहभागी थिए।
छलफलमा विदेशबाट मतदान गर्न सक्ने सम्भावना, मतदाता नामावली, प्रक्रिया, कानुनी व्यवस्था र सुरक्षा चुनौतीबारे कुरा भयो।
प्रतिष्ठानले विदेशमा मतदान प्रणालीबारे गरेको अनुसन्धानको प्रगतिसमेत प्रस्तुत गर्यो।
गृहमन्त्रालयका अनुसार यो छलफल प्रारम्भिक चरणको हो र आगामी दिनमा व्यवहारिक र कानुनी पक्ष मिलाएर योजना अघि बढाइनेछ।