२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान

राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल आज १२ सदस्यीय टोलीको नेतृत्व गर्दै कतारको दोहा प्रस्थान गरेका छन्। उनी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन गएका हुन्, जुन कात्तिक १८ देखि २० गतेसम्म हुने छ।

उनलाई विमानस्थलमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले बिदाइ गरेका थिए। नेपाली सेनाले सम्मान गारत अर्पण पनि गरेकाे थियाे।

राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रमा सम्बोधन गर्नेछन् र कतारका अमिर शेख तमिम बिन हमद अल थानी, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

यो सम्मेलन ३० वर्षपछि हुँदैछ, पहिलोपटक सन् १९९५ मा डेनमार्कमा भएको थियो। यसपटक विश्वका विकास असमानता, जनसङ्ख्याको असन्तुलन र प्रविधिका असरबारे छलफल हुनेछ।

राष्ट्रपति पौडेल २० गते स्वदेश फर्किने छन्।