वर्षा र बाढीले रौतहटमा धानबाली नष्ट, किसान चिन्तित
- १८ कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौं- रौतहटमा असोजको अविरल वर्षा र बाढीले धानबालीमा ठूलो क्षति पुर्याएको छ। कृषि ज्ञान केन्द्रका अनुसार १७ हजार ६३८ हेक्टर खेतमा लगाइएको धान नष्ट भएको छ।
राजदेवी, परोहा, राजपुर र गढीमाई क्षेत्रमा बढी क्षति पुगेको छ। अनुमानित ७४ हजार मेट्रिक टन धान उत्पादन घट्ने बताइएको छ।
भित्र्याउने बेला परेको वर्षाले खेतमा काटेर राखेको धान भिजेपछि किसानहरू निकै चिन्तित बनेका छन्।