२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

न्यूयोर्क नगर मेयर चुनाव : उम्मेदवारहरूको अन्तिम प्रचारदौड

न्यूयोर्क नगर मेयर चुनाव : उम्मेदवारहरूको अन्तिम प्रचारदौड

न्यूयोर्क – अमेरिकाको सबैभन्दा ठूलो सहर न्यूयोर्कमा मंगलबार हुने मेयर चुनावअघि उम्मेदवारहरूले सोमबार अन्तिम प्रचारमा तीव्रता दिएका छन्।

डेमोक्रेटिक उम्मेदवार जोहरान ममदानी, स्वतन्त्र एन्ड्र्यु कुमो र रिपब्लिकन कर्टिस स्लिवा तीनै जनाले सहरका पाँचै क्षेत्र घुम्दै मतदातालाई आकर्षित गर्ने प्रयास गरेका छन्।

३४ वर्षीय ममदानीले नृत्य कार्यक्रमदेखि सडकसभा हुँदै सामाजिक सञ्जालमार्फत पनि समर्थकलाई मतदानमा सहभागी हुन आह्वान गरिरहेका छन्। उनी सहरको पहिलो मुस्लिम मेयर बन्ने सम्भावित उम्मेदवार हुन्।

पूर्व गभर्नर कुमोले पछिल्ला दिनहरूमा मध्यम र दक्षिणपन्थी मतदातालाई आकर्षित गर्न प्रयास गर्दै आफू ममदानीलाई रोक्ने ‘केन्द्रिय विकल्प’ भएको दाबी गरेका छन्। यता स्लिवा भने सार्वजनिक सुरक्षालाई मुख्य एजेन्डा बनाएर सडक तथा सबवेमा प्रचार गरिरहेका छन्।

आगामी मंगलबार हुने मतदानले हालका मेयर एरिक एडम्सको उत्तराधिकारी तय गर्नेछ। प्रारम्भिक सर्वेक्षणअनुसार ममदानीले अग्रता लिइरहेका छन्।