पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको शव फेला
- १८ कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौं- गोरखास्थित पाङबारी हिमालमा पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोही, ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटो, हिउँले पुरिएको अवस्थामा फेला परे। शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ।
उनीहरू फर्किने क्रममा अलपत्र परेका थिए। अर्का इटालियन नागरिक ६५ वर्षीय भेल्टर परलिनो र तीन नेपाली सहयोगी पहिले उद्धार भइसकेका छन्।