लुइसभिलमा युपिएस विमान दुर्घटना, कम्तीमा ७ को मृत्यु
- १९ कार्तिक २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- केन्टकीको लुइसभिलमा मंगलबार युपिएस कार्गो विमान दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ। युपिएस फ्लाइट २९७६ लुइसभिल विमानस्थलबाट होनोलुलु उडान भर्ने क्रममा साँझ ५:१५ बजे दुर्घटनामा परेको फेडरल एभिएसन एजेन्सीले जनाएको छ।
विमानमा करिब ३८ हजार ग्यालोन इन्धन रहेकाले ठूलो आगलागी भएको र घटनास्थलमा कालो धुवाँको मुस्लो उठेको थियो। दुर्घटनास्थल नजिकै रहेका दुई व्यवसायिक भवनमा क्षति पुगेको छ।
गभर्नर एन्डी बेशियरले घटनालाई विनाशकारी बताएका छन् र मृतक संख्या बढ्न सक्ने बताएका छन्। उद्धार कार्य जारी छ भने NTSB र FAA का टोलीले अनुसन्धान सुरु गरेका छन्।