२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

टेक्सासमा डेमोक्र्याट मेनेफी र एडवर्ड्सबीच पुनःनिर्वाचन हुने

टेक्सासमा डेमोक्र्याट मेनेफी र एडवर्ड्सबीच पुनःनिर्वाचन हुने

न्युयोर्क – टेक्सास राज्यमा रिक्त संघीय प्रतिनिधि सभा सीटका लागि मंगलबार भएको विशेष निर्वाचनमा डेमोक्र्याट उम्मेदवार क्रिश्चियन मेनेफी र अमान्डा एडवर्ड्स पुनःनिर्वाचन (रनअफ) मा पुगेका छन्।

ह्युस्टनस्थित १८औं कंग्रेसनल जिल्ला प्रतिनिधित्व गर्ने सिट गत मार्चदेखि खाली थियो। १६ उम्मेदवारबीचको प्रतिस्पर्धामा मेनेफी र एडवर्ड्सले सबैभन्दा बढी मत पाए पनि ५० प्रतिशत नपुगेपछि चुनाव अर्को चरणमा पुगेको हो।

यो सिट दिवंगत डेमोक्र्याट सांसद सिल्भेस्टर टर्नरको निधनपछि खाली भएको थियो। पुनःनिर्वाचनको विजेताले बाँकी कार्यकाल पूरा गर्नेछ।

मेनेफी हाल ह्यारिस काउन्टीका कानुनी सल्लाहकार हुन् र उनले २०२० मा पहिलो अश्वेत काउन्टी अटर्नी बनेका थिए। उनलाई पूर्व कंग्रेस सदस्य बेटो ओ’रर्कलगायत प्रमुख डेमोक्र्याट नेताले समर्थन गरेका छन्।

एडवर्ड्स ह्युस्टन सिटी काउन्सिलकी पूर्व सदस्य हुन् र २०२० मा अमेरिकी सिनेटका लागि पनि उम्मेदवार बनेकी थिइन्।

१८औं जिल्ला परम्परागत रूपमा डेमोक्र्याटको गढ मानिन्छ। पुनःनिर्वाचन आगामी वर्षको सुरुमा हुने अपेक्षा गरिएको छ।