२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

‘न्यूयोर्क हुनेछ उज्यालो’ : मेयर ममदानीको ट्रम्पलाई चुनौती

‘न्यूयोर्क हुनेछ उज्यालो’ : मेयर ममदानीको ट्रम्पलाई चुनौती

न्यूयोर्क- नयाँ निर्वाचित मेयर जोहरन ममदानीले आफ्नो पहिलो सम्बोधनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुला चुनौती दिएका छन्।

“यदि कसैले ट्रम्पद्वारा धोका पाएको राष्ट्रलाई उनीमाथि कसरी जित्ने भनेर देखाउन सक्छ भने, त्यो सहर यही हो — ट्रम्पकै सहर, न्यूयोर्क,” ममदानीले मंगलबार ब्रुकलिनमा विजय भाषणका क्रममा भने।

३४ वर्षीय ममदानीले भने, “डोनाल्ड ट्रम्प, मलाई थाहा छ तपाईं हेर्दै हुनुहुन्छ- मेरो चार शब्द छन्: भोल्युम बढाऊ।”

सो भनाइसँगै हजारीबगले जस्तै भीड गर्जियो। केही मिनेटमै ट्रम्पले सामाजिक सञ्जालमा प्रतिक्रिया दिए, लेखे — “…अनि यसरी सुरु हुन्छ!”

अफ्रिकामा जन्मिएका, मुस्लिम आप्रवासी र डेमोक्र्याटिक समाजवादी ममदानी एक शताब्दीयताका सबैभन्दा युवा मेयर बनेका छन्। उनले मेयरका रूपमा अमेरिकाको सबैभन्दा ठूलो सहर न्यूयोर्कको नेतृत्व सम्हाल्दै ट्रम्प प्रशासनविरुद्ध सशक्त आवाज उठाउने घोषणा गरे।

ममदानीले भाषणमा भने, “हामी भ्रष्टाचारको अन्त्य गर्छौं, धनीहरूमाथि कर छल्ने अवसर बन्द गर्छौं, श्रमिक अधिकार सुदृढ पार्छौं, र आप्रवासीहरूको सहरको रूपमा न्यूयोर्कलाई अझ उज्यालो बनाउँछौं।”

उनले थपे, “न्यूयोर्क आप्रवासीहरूको सहर हो — आप्रवासीले बनाएको, आप्रवासीले चलाएको र अब आप्रवासीले नेतृत्व गर्ने सहर। ट्रम्प, यो सम्झनुहोस् — हामीमध्ये कसैलाई छुने हो भने, सबैलाई सामना गर्नुपर्छ।”

ममदानीले आफ्नो अभिव्यक्तिमा समाजवादी नेता युजिन डेबसलाई उद्धृत गर्दै भने, “यो राजनीतिक अन्धकारको घडीमा, न्यूयोर्क नै हुनेछ उज्यालो।”