न्यूयोर्ककी नयाँ ‘फर्स्ट लेडी’ : को हुन् रामा दुवाजी?
- १९ कार्तिक २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क – नयाँ निर्वाचित मेयर जोहरन ममदानीसँगै चर्चामा आएकी छन् उनकी पत्नी रामा दुवाजी, जसलाई अब सहरकी नयाँ ‘फर्स्ट लेडी’का रूपमा चिनिनेछ।
२८ वर्षीया दुवाजी सिरियाली मूलकी अमेरिकी कलाकार र एनिमेटर हुन्, जसको कलाले प्रायः मध्यपूर्वका विषय र पहिचानका मुद्दाहरू उजागर गर्छ। उनी हाल न्यूयोर्कमा बसोबास गर्छिन्।
ममदानीले गत मे महिनामा सामाजिक सञ्जालमा लेखेका थिए, “रामा केवल मेरी पत्नी होइनन्, उनी एक असाधारण कलाकार हुन्, जसले आफ्नै पहिचानमा परिचित हुनुपर्छ।” उनले उक्त पोस्टमार्फत उनीहरूको विवाह भएको तीन महिना पूरा भएको बताएका थिए।
दुवाजी र ममदानीको भेट डेटिङ एप Hinge मार्फत भएको हो। ममदानीले हाँस्दै भनेका थिए, “त्यसैले अझै पनि ती डेटिङ एप्समा आशा बाँकी छ।”
विजय भाषणका क्रममा ममदानीले पत्नीप्रतिको माया व्यक्त गर्दै भने, “मेरो अद्भुत पत्नी रामा — हयाती (अरबी: मेरो जीवन) — यो क्षणमा र हरेक क्षणमा म तिमीभन्दा उत्तम साथ कसैलाई चाहन्न।”