माओवादी र एकीकृत समाजवादीसहित १० वाम पार्टीबीच एकता घोषणा
- १९ कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- काठमाडौँमा आयोजित विशेष समारोहमा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १० वामपन्थी पार्टीबीच एकता घोषणा गरिएको छ। नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको र यसको चुनाव चिह्न ‘पाँचकुने तारा’ सार्वजनिक गरिएको हो।
एकता घोषणामा प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतमलगायत शीर्ष नेताहरू सहभागी भए। नयाँ पार्टीले माक्र्सवाद–लेनिनवाद र नेपाली विशेषताको वैज्ञानिक समाजवादलाई मार्गदर्शन सिद्धान्त बनाउने बताएको छ।
एकीकृत पार्टीले आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र सबै संरचना सामूहिक नेतृत्वमा सञ्चालन गर्ने जनाएको छ।