संयुक्त राष्ट्रसंघ दिवसमा नेपाली सेनाको विशेष कार्यक्रम
- २० कार्तिक २०८२
- १ मिनेटको पढाई
नेपाली सेनाले संयुक्त राष्ट्रसंघको ८०औँ स्थापना दिवस विशेष कार्यक्रमसहित मनाएको छ। काभ्रेपलाञ्चोकस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा बिहीबार आयोजित कार्यक्रममा प्रधान सेनापति अशोकराज सिग्देल प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा सेनाले आपतकालीन उद्धार, पुनःस्थापना, सुरक्षित स्थानान्तरण र प्राथमिक उपचारबारे प्रस्तुतिकरण गरेको थियो।
नेपालले सन् १९५८ देखि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सैनिक पठाउँदै आएको छ। हाल विश्वका १० वटा मिसनमा ५,८१९ जना नेपाली सैनिक खटिएका छन्।
विश्व शान्तिका लागि सेवामा हालसम्म ७४ जना नेपाली सैनिकले वीरगति प्राप्त गरेका छन् भने ७५ जना घाइते भएका छन्।