२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

राष्ट्रपति पौडेल दोहामा सम्मेलन सकाएर स्वदेश फर्किए

राष्ट्रपति पौडेल दोहामा सम्मेलन सकाएर स्वदेश फर्किए

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज स्वदेश फर्किएका छन्।

त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र कतारका राजदूतलगायतले उनलाई स्वागत गरे। सेनाले राष्ट्रपति पौडेललाई सम्मानस्वरूप सलामी अर्पण गरेको थियो।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल सोमबार प्रथम महिला सबिता पौडेलसहित सम्मेलनमा सहभागी हुन दोहा गएका थिए।

उनीले सम्मेलनको मुख्य सत्र र सामाजिक विकासका तीन स्तम्भ — गरिबी निवारण, रोजगारी र सामाजिक समावेशीकरणबारे उच्चस्तरीय गोलमेचलाई सम्बोधन गरे।

दोहामा रहँदा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरे र कतार राष्ट्रिय सङ्ग्रहालय पनि अवलोकन गरे।