२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

लालीगुराँस बिस्ट्रोमा नेपाली स्वादसहित मेयर माम्दानीको नयाँ यात्रा सुरू

लालीगुराँस बिस्ट्रोमा नेपाली स्वादसहित मेयर माम्दानीको नयाँ यात्रा सुरू

न्युयोर्क- न्यूयोर्कका नवनिर्वाचित मेयर जोहरान माम्दानीले आफ्नो पहिलो दिनको व्यस्त कार्यक्रमबीच ज्याक्सन हाइटस्थित नेपाली रेस्टुरेन्ट ‘लालीगुराँस बिस्ट्रो’ मा नेपाली परिकारको स्वाद चाख्दै दिन बिताए।

सोनम बरो शेर्पाले सञ्चालन गरेको उक्त रेस्टुरेन्टमा माम्दानीले अमेरिकी सांसद एलेक्जान्द्रिया ओकासियो–कोर्टेज (AOC) सँगै लञ्च गरेका थिए। उनीहरूले नेपाली परिकार चिया, चिकेन चिल्ली, म:म:, आलु चिरा (आलु दम) र टिङ्मो ब्रेडको मजा लिएका थिए।

सामाजिक सञ्जालमार्फत मेयर-इलेक्ट माम्दानीले लेखेका छन्, “मेयर-इलेक्टको पहिलो दिन निकै व्यस्त रह्यो — बिहानै अन्तर्वार्ताहरू, ट्रान्सिसन घोषणाहरू र बैठकहरू। ती सबैबारे भोलि थप कुरा गर्नेछु। तर आजको मुख्य आकर्षण भने लालीगुराँस बिस्ट्रोमा @aoc सँगको लञ्च थियो।”

नेपाली परिकारसँगै सुरु भएको माम्दानीको मेयरिय यात्रा अब न्युयोर्क सहरमै नेपाली स्वाद र समुदायको पहिचानसँग जोडिँदै अघि बढ्ने देखिन्छ।
“`