२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिकाको अध्यक्षमा विद्या गुरुङ निर्वाचित

नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिकाको अध्यक्षमा विद्या गुरुङ निर्वाचित

न्युयोर्क-  अमेरिकामा रहेका नेपालीहरूको संस्था नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित भएकी छन्। एटलान्टामा सम्पन्न ३४औँ सम्मेलनबाट चार वर्षका लागि उनलाई चयन गरिएको हो।

यो संस्थाको इतिहासमा पहिलोपटक महिला अध्यक्ष निर्वाचित भएकी हुन्। २५ वर्षदेखि अमेरिकी नेपाली समुदायमा सक्रिय समाजसेवी गुरुङले यसअघि नासाको महिला समिति र बोर्ड निर्देशकको जिम्मेवारी पनि सम्हालिसकेकी हुन्।

कार्यकारी उपाध्यक्षमा डा. दिलीप पन्थी, उपाध्यक्ष प्रणय लामा, महासचिव शिक्षा गौतम, सहसचिव बिमला अधिकारी र कोषाध्यक्ष पुरनराज खतिवडा निर्वाचित भएका छन्।

सम्मेलनमा अमेरिकाका विभिन्न राज्य—जर्जिया, सियाटल, सिकागो, फ्लोरिडा, क्यारोलिना लगायतका स्थानबाट नेपालीहरूको सहभागिता थियो।

कार्यक्रमको उद्घाटन नेपालका लागि अमेरिकी राजदूत लोकदर्शन रेग्मीले गरेका थिए।