२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

सर्वोच्च अदालत मङ्सिर १ गतेदेखि पूर्णरूपमा सञ्चालन हुने

सर्वोच्च अदालत मङ्सिर १ गतेदेखि पूर्णरूपमा सञ्चालन हुने

काठमाडौँ- गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि आंशिक रूपमा सेवा दिँदै आएको सर्वोच्च अदालत अब मङ्सिर १ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ।

सर्वोच्चको बिहीबार बसेको पूर्ण बैठकले सबै अवरुद्ध मुद्दा, निवेदन र सेवा नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो। अदालतले जलेका फाइलहरूबाहेक बाँकी मुद्दाहरू पूर्ववत् पेसीका मितिअनुसार सुनुवाइ हुने जनाएको छ।

यससँगै पुनरावेदन, पुनरावलोकन र नयाँ मुद्दा दर्ता लगायत सबै प्रक्रिया पनि नियमित रूपमा सञ्चालनमा आउने सर्वोच्चले जनाएको छ।