२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

पूर्वप्रधानमन्त्री दाहाल र खनालबीच समसामयिक विषयमा छलफल

पूर्वप्रधानमन्त्री दाहाल र खनालबीच समसामयिक विषयमा छलफल

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ।

हात्तीवनस्थित दाहालको निवासमा भएको भेटमा दुवै नेताबीच देशको राजनीतिक अवस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति तथा वामएकताबारे छलफल भएको खनालका प्रेस संयोजक कृष्ण भट्टराईले जानकारी दिएका छन्।