२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

ब्रोंक्समा विस्फोट: सिगरेटले लगाएको आगोले ७ जना दमकलकर्मी घाइते

ब्रोंक्समा विस्फोट: सिगरेटले लगाएको आगोले ७ जना दमकलकर्मी घाइते

न्यूयोर्क- बुधबार साँझ व्यक्तीले फालेको सिगरेटले ब्राेन्क्सको लङवुड क्षेत्रमा ठूलो आगलागी र विस्फोट निम्त्यायो। आगो फैलिँदै पार्किङ गरिएका कारहरूमा पुग्यो र आकाशमा देखिने आगोको मुस्लाे उठायो।

भिडियाेमा देखिएको दृश्य अनुसार, सडकमा फ्याँकेको सिगरेट हावाको झोकाले फोहोरको थुप्रोमा पुगेको थियो त्यसपछि आगो फैलियो र दमकलकर्मीहरू घटनास्थलमा पुगे। आगो निभाउने क्रममा फक्स स्ट्रिट र वेस्टचेस्टर एभेन्यू नजिकै विस्फोट भयो, जसले सात जना दमकलकर्मीलाई हात र अनुहारमा चोट पुऱ्यायो।

विस्फोटले सडकभरि जलेका फोहोर र धुँवाका टुक्रा छरायो। कम्तीमा एक कार जलेर नष्ट भयो।

स्थानीय बासिन्दाहरूले भने कि फोहोर त्यस्तो समयमा सडकमा हुनु हुँदैनथ्यो, तर निर्वाचनको कारण फोहोर संकलन बिहीबार सरेको थियो। एक सानो सिगरेटको ठुटाले यसरी भयावह घटनामा परिणत हुन सक्ने भनेर सोचेको थिएन।