२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

धनुषा र महोत्तरीसंग जोडिएका नेपाल–भारत नाका बन्द

धनुषा र महोत्तरीसंग जोडिएका नेपाल–भारत नाका बन्द

काठमाडौं – भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधानसभा निर्वाचनका कारण धनुषा र महोत्तरी जिल्लाका नेपाल–भारत सीमावर्ती नाकाहरु तीन दिनका लागि बन्द हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, धनुषा र जिल्ला प्रशासन कार्यालय महोत्तरीले शुक्रबार सूचना जारी गर्दै आगामी मङ्गलबार अर्थात् २०८२ साल कात्तिक २५ गते (२०२५ नोभेम्बर ११ तारिख) हुने निर्वाचनलाई दृष्टिगत गर्दै सीमामा शान्ति सुरक्षा व्यवस्थापनका लागि नाका बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

सूचनाअनुसार मिति २०८२ साल कात्तिक २२ गते साँझ ६: ०० बजेदेखि कात्तिक २५ गते साँझ ६:०० बजेसम्म नेपाल–भारत सीमाका नाकाहरुमा मानवीय तथा आर्थिक गतिविधि पूर्ण रूपमा रोक्ने व्यवस्था गरिएको छ ।

जिल्ला प्रशासनले नागरिकलाई उक्त अवधिमा सीमा नाका पार नगर्न अनुरोध गर्दै आवश्यक सहयोग र जानकारीका लागि सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ।