२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

‘विश्व रेडियोग्राफी दिवस मनाइँदै’

‘विश्व रेडियोग्राफी दिवस मनाइँदै’

काठमाडौँ- आज नेपालसहित विश्वभर ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाइँदै छ। सन् १८९५ मा जर्मनीका वैज्ञानिक विल्हेल्म रोईन्टजेनले एक्स–रेको आविष्कार गरेका दिनको सम्झनामा हरेक वर्ष ८ नोभेम्बरमा यो दिवस मनाइन्छ।

यसवर्ष ‘इमेजिङ उत्कृष्टतामार्फत स्वास्थ्य सेवा सशक्तिकरण’ भन्ने नारासहित १३०औँ दिवस मनाइएको हो। चिकित्सकका अनुसार एक्सरे, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउण्डजस्ता प्रविधिले रोग पत्ता लगाउन र उपचारमा महत्वपूर्ण योगदान दिइरहेका छन।

वरिष्ठ रेडियोलोजिष्ट डा शर्मा पौडेलले रेडियोलोजी विना चिरफार रोग पत्ता लगाउने र उपचार गर्ने आधुनिक विधा बनेको बताए। उनका अनुसार विकिरण प्रयोग हुने र नगरी गरिने दुवै प्रकारका प्रविधिले स्वास्थ्य सेवामा नयाँ आयाम थपेका छन।