ब्रुकलिनमा १२ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ
- २२ कार्तिक २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कको ब्रुकलिनस्थित एक अपार्टमेन्ट भवनभित्र १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
घटना बिहीबार साँझ करिब ५:४५ बजे ईस्ट विलियम्सबर्गको कूपर पार्क हाउसेस भवनमा भएको हो। बालिका घर फर्किएर भवनभित्र प्रवेश गर्दा अपरिचित व्यक्तिले उनलाई जबर्जस्ती समाते, भुइँमा फ्याँकेर यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ। त्यसपछि आरोपी फरार भएको थियो।
प्रहरीले घटनास्थलमा रातभर प्रमाण संकलन गर्यो र पछि ग्रे स्वेटसर्ट, कालो पाइन्ट र गाढा रंगको ब्याकप्याक बोकेको व्यक्तिको तस्वीर सार्वजनिक गर्यो। स्थानीय बासिन्दाले उक्त व्यक्तिलाई पहिले देखेको नसकेको बताए र आफ्नै घरभित्र यस्तो घटना भएकोमा आक्रोश व्यक्त गरे।
शुक्रबार दिउँसो करिब ३:३० बजे प्राप्त सूचनाका आधारमा प्रहरीले २७ वर्षीय एरिक म्याकमाइकललाई पक्राउ गर्यो। उनलाई दुईवटा बलात्कार र यौन दुर्व्यवहारको मुद्दासहित चोरी र बालबालिकाको जीवन जोखिममा पार्ने आरोप लगाइएको छ।