२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

त्रिभुवन विमानस्थल बन्द : उडान–अवतरण रोकिए

त्रिभुवन विमानस्थल बन्द : उडान–अवतरण रोकिए

काठमाडौं- काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको लाइट बिग्रिएपछि सवा दुई घण्टादेखि सबै उडान–अवतरण रोकिएका छन्।

बेलुका ५:२५ बजे बिजुली सर्ट भएर समस्या देखिएपछि हजारौँ यात्रु प्रभावित भएका छन्। केही जहाज आकाशमै होल्ड गरिएका छन् भने कोरियन एयर दिल्ली र फ्लाई दुबई लखनउ डाइभर्ट गरिएको छ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले रात्रीकालीन उडानका लागि चाहिने लाइट सुचारु नभएकाले सम्पूर्ण उडान बन्द भएको बताए। उनले समस्या पत्ता लगाउने प्रयास भइरहेको तर कतिबेला समाधान हुन्छ भन्ने निश्चित नभएको स्पष्ट पारे।