२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

एएनओ अमेरिकी समितिमा नयाँ नेतृत्व

एएनओ अमेरिकी समितिमा नयाँ नेतृत्व

न्युयोर्क- अमेरिकाको पेन्सिलभेनियामा सम्पन्न सम्मेलनले भुवन गौतमको अध्यक्षतामा २१ सदस्यीय एएनओ अमेरिकी राष्ट्रिय समिति चयन गरेको छ। उपाध्यक्षमा डा. सञ्जु महतो, सचिवमा विवेक पौडेल, सहसचिवमा चन्द्र पराजुली, कोषाध्यक्षमा तृष्णा चिमोरिया र अन्य सदस्यहरू चयन भएका छन्।

कार्यक्रम उद्घाटन गर्दै कार्यवाहक राजदूत शरद्राज आरणले संसारभर छरिएका नेपाली मूलका व्यक्तिहरूले नेपालको समृद्धिमा योगदान दिन सक्ने बताए। उनले एएनओका माग नेपाल सरकारसमक्ष पुर्‍याउने प्रतिवद्धता जनाए।

एएनओका अध्यक्ष डिल्ली अधिकारीले पुस्तौँअघि नेपालबाट बाहिर गएका नेपाली मूलका सन्ततिलाई नेपाली पहिचान दिनुपर्ने माग समेत गरेका थिए। ओहायोका अवैतनिक वाणिज्यदूत डा. दामोदर पौडेलले एएनओको अभियानले नेपाली मूलका मानिसलाई नेपालसँग जोड्ने विश्वास व्यक्त गरे।

सम्मेलनमा नेपाली संस्कृति झल्कने नृत्य–गीत प्रस्तुत गरिएकाे थियाे। कार्यक्रमा स्वतारा टाउनसिपकी नवनिर्वाचित कमिस्नर विनिता पुरी राईलाई सम्मान प्रदान गरिएको छ।