राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ शुभारम्भ
- २३ कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौं- सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको प्रथम वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’ नामक अंग्रेजी च्यानलको औपचारिक शुभारम्भ राष्ट्रपति रामचन्द्र पौडेलले गरे।
सिंहदरबारस्थित नेपाल टेलिभिजन परिसरमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले पिएसबीको लोगो र मोबाइल एप पनि सार्वजनिक गरे।
नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रुपान्तरित पिएसबी नेपालले अन्तर्राष्ट्रिय जगत्मा नेपाल बुझिने सामग्री प्रस्तुत गर्ने उद्देश्य राखेको छ।
२०८१ असोज २२ गते प्रमाणीकरण भएको ऐन ३१ दिनपछि कार्यान्वयनमा आएसँगै रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएका हुन्।