२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

भारत हुँदै तेस्रो देश जाने नेपालीलाई एनओसीमा लचिलोपन खोज्दै दूतावास

भारत हुँदै तेस्रो देश जाने नेपालीलाई एनओसीमा लचिलोपन खोज्दै दूतावास

काठमाडौं- भारतका विमानस्थल प्रयोग गरी तेस्रो मुलुक जाने नेपाली यात्रुहरूलाई ‘नो अब्जेक्शन सर्टिफिकेट’ (एनओसी) लिनुपर्ने वा नपर्ने विषयमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयसँग स्पष्टता मागेको छ।

जर्मनी जान लागेकी एक नेपाली विद्यार्थीलाई दिल्ली विमानस्थलमा कतार एअरवेजले रोक्दा विवाद बढेको थियो। अध्यागमन विभागले भिजिट भिसामा विदेश जाने यात्रुका लागि कागजपत्रमा लचिलोपन ल्याइसकेकाले दूतावासले पनि एनओसी प्रक्रियामा सुधार गर्न सकिनेबारे निर्देशन खोजेको हो।

हाल खाडीका १० देशमा जाने यात्रुहरूलाई एनओसी अनिवार्य छ भने अमेरिका, युरोप, जापान, अस्ट्रेलिया जस्ता देशमा जानेहरूलाई चाहिँ आवश्यक छैन। मानव तस्करी रोकथामलाई ध्यानमा राखी प्रावधान बनाइएको भए पनि यात्रुहरूलाई सहज बनाउन नयाँ नीतिगत स्पष्टता खोजिँदैछ।