२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

‘विश्व भोकमरी सूचाङ्क–२०२५’ कर्णालीमा सार्वजनिक

‘विश्व भोकमरी सूचाङ्क–२०२५’ कर्णालीमा सार्वजनिक

काठमाडौं- कर्णाली प्रदेशमा ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ सार्वजनिक गरिएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले प्रतिवेदन सार्वजनिक गर्दै कर्णालीमा खेतीयोग्य जमिन कम भए पनि उच्च मूल्यका वस्तु उत्पादन गर्ने रणनीति अघि बढाइएको बताए।

प्रतिवेदनले नेपालमा खाद्य सुरक्षामा खासै सुधार नभएको देखाएको छ। पोषण विज्ञ सोमाकुमारी रानाका अनुसार नेपाल १२३ देशमध्ये ७२औँ स्थानमा छ, हरेक आठ जनामा एक जना भोकै छन् र कर्णालीमा ३२ प्रतिशत परिवार खान नपुग्ने अवस्थामा छन्।

विज्ञहरूले भोकमरी शून्यमा झार्न तीनै तहका सरकारले प्राथमिकताका साथ कार्यक्रम कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। नेपालमा हाल ५.२ प्रतिशत जनसङ्ख्या गम्भीर भोकमरीको समस्यामा रहेको उल्लेख गरिएको छ।