२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

म्यानहट्टन अपार्टमेन्टमा महिलाको हत्या

म्यानहट्टन अपार्टमेन्टमा महिलाको हत्या

न्युयोर्क- न्युयोर्कको म्यानहट्टनस्थित हार्लेम क्षेत्रमा एक महिलाको हत्या भएको छ। प्रहरी सोमबार बिहान करिब ४:३० बजे १२९औं सडकको अपार्टमेन्टमा भएको आक्रमणको खबर पाएपछि घटनास्थल पुगेकाे थियाे।

त्यहाँ ४७ वर्षीया महिला बारम्बार छुरा प्रहार गरिएको अवस्थामा भेटिइन्। उनलाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरे।

पीडितको नाम परिवारलाई जानकारी गराएपछि मात्र सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

आरोपी आक्रमणपछि फरार भएको र अन्तिम पटक नीलो ज्याकेट, नीलो जिन्स र कालो स्निकर्स लगाएको अवस्थामा देखिएको प्रहरीले जनाएको छ।

यस घटनाबारे अनुसन्धान जारी छ।