२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

फ्रान्ससँग समस्या रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

फ्रान्ससँग समस्या रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्ससँग धेरै समस्या भोगिरहेको बताएका छन्। सोमबार फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले चीनबारे प्रश्नको उत्तर दिने क्रममा फ्रान्सको कर नीति र सम्बन्धबारे टिप्पणी गरेका हुन्।

ट्रम्पले भने, “हामीले फ्रान्ससँग धेरै समस्याहरू भोगेका छौँ। उनीहरूले हाम्रो प्रविधिमा अनुचित कर लगाउँछन्।” उनले विदेशी विद्यार्थीबारे प्रश्नको उत्तर दिँदै चीनलाई जासुसी र बौद्धिक सम्पत्ति चोरीको आरोप लगाउँदै फ्रान्सप्रति पनि शंका व्यक्त गरे।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंसँग ट्रम्पको सम्बन्ध निकट भए पनि कतिपय विषयमा मतभेद देखिएको छ। ट्रम्पले म्याक्रोंको प्यालेस्टाइन राज्य मान्यता र जलवायु नीतिको विरोध गरेका छन्। साथै, उनले युरोपेली मुलुकलाई नेटोमार्फत रक्षा खर्च बढाउन दबाब दिएका छन्।

फक्ससँगको अन्तर्वार्तामा ट्रम्पले चीनपछि फ्रान्सको कर नीतिलाई पनि आलोचना गर्दै भेदभावपूर्ण डिजिटल कर लगाउने देशहरुमाथि थप करवृद्धि गर्ने चेतावनी दिए।