२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

फिलिपिन्समा दुई चक्रवातको प्रहार, २५९ जनाको मृत्यु

फिलिपिन्समा दुई चक्रवातको प्रहार, २५९ जनाको मृत्यु

मनिला- फिलिपिन्समा हालै आएका दुई शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुगेको छ। नोभेम्बर ४ मा आएको कालमेगी चक्रवातले मध्य क्षेत्रमा बाढी र पहिरो निम्त्याउँदै २३२ जनाको ज्यान लियो, ११२ जना अझै बेपत्ता छन्, र ५०० भन्दा बढी घाइते भएका छन्। यसअघि आइतबार सुपर आँधी फङ–वङले उत्तर–मध्य लुजोन पार गर्दा २७ जनाको मृत्यु भएको थियो।

चक्रवातले लाखौं मानिसलाई विस्थापित गर्दै घर, खेतबारी, सडक तथा पुलहरूमा व्यापक क्षति पुर्‍याएको छ। सेबु प्रान्तमा सबैभन्दा बढी मृत्यु भएको रिपोर्ट गरिएको छ, जुन केही हप्ता अघि आएको ६.९ म्याग्निच्युडको भूकम्पबाटै प्रभावित थियो।

फङ–वोङ यस वर्ष फिलिपिन्समा आएको २१ औं उष्णकटिबंधीय चक्रवात हो, जसले देशको वार्षिक औसत आँधी सङ्ख्यालाई पार गरेको छ।