२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज चार देशका नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा इजिप्टका राजदूत शरिफ मुस्तफा अलसैयद, नर्वेकी राजदूत डाग्नी म्योस, श्रीलङ्काकी राजदूत रुवान्थी डेलपिटिया र म्यानमारका राजदूत थान्त सिनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

समारोहमा सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। यससँगै नेपाल र ती मुलुकबीच कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।