२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक पक्राउ

विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक पक्राउ

काठमाडौँ- काठमाडौँमा प्रहरीले विदेशी पर्यटकलाई अनलाइनमार्फत ठगी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। सुर्खेत बराहताल गाउँपालिका–३ निवासी तथा अल्टिट्युड राइडर्स प्रालि का संस्थापक ४० वर्षीय विशु सिञ्जालीलाई साइबर ब्यूरोले रोल्पा प्रहरीको सहयोगमा पक्राउ गरी मुद्दा चलाएको हो।

प्रहरीका अनुसार सिञ्जालीले पोल्यान्डका १३ जना पर्यटकलाई नेपाल भ्रमणका लागि मोटरसाइकल राइड, खाना, बस्न र अन्य सुविधा दिने सम्झौता गरेका थिए। सात दिनभित्र ३० प्रतिशत रकम लिएर सेवा नदिई सम्पर्कविहीन भएपछि पीडितहरूले जाहेरी दिएका थिए।

काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ। साइबर ब्यूरोले यसलाई विद्युतीय माध्यमसम्बद्ध ठगीको घटना मान्दै थप अनुसन्धान अघि बढाएको छ।