२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

सन्तोष परियारद्वारा रास्वपा परित्याग

सन्तोष परियारद्वारा रास्वपा परित्याग

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य तथा पूर्वसांसद सन्तोष परियारले पार्टी छोडेका छन्। विघटित प्रतिनिधिसभामा रास्वपातर्फ प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हालेका परियारले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई राजीनामा पत्र बुझाएका हुन्।

पत्रमा उनले बदलिँदो राजनीतिक परिस्थितिमा राष्ट्रहित र जनजीवनसँग जोडिने फरक अभियानमा सक्रिय हुनुपर्ने कारण पार्टीको कुनै जिम्मेवारी वा सदस्यता नरहने उल्लेख गरेका छन्।

रास्वपाका प्रवक्ता मनिष झाले परियारको निर्णयबारे जानकारी दिँदै उनको आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन्। यसअघि रास्वपाकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पनि पार्टी परित्याग गरेकी थिइन्।