२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

कोरियामा रहेका नेपालीको अभिभावक बन्न दूतावासलाई आग्रह

कोरियामा रहेका नेपालीको अभिभावक बन्न दूतावासलाई आग्रह

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका नेपालीहरूको हक, अधिकार र समस्यामा दूतावासले अभिभावकको भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। सिओलस्थित नेपाली दूतावासको अवलोकन गर्दै उनले सम्बन्ध मजबुत बनाउन, लगानी भित्र्याउन र आपसी हितमा पहल गर्न राजदूतलाई आग्रह गरे।

राजदूत डा. शिवमाया तुम्बाहाम्फेले सीमित जनशक्ति र एनआरएनए विवादका कारण काममा चुनौती रहेको स्वीकार गर्दै नेपाल र नेपालीको हितमा प्रतिबद्धता व्यक्त गरिन्।

मन्त्री खरेलले नेपाल एयरलाइन्सको सिओल उडान सञ्चालन, रोजगारीमा आएका नेपालीको मानसिक स्वास्थ्य समस्या समाधान, र दूतावासमा अतिरिक्त जनशक्ति पठाउने पहल गर्ने प्रतिबद्धता जनाए। साथै, ‘जेनजी’ प्रदर्शनपछि नेपाल स्थिरतामा फर्किएको सन्देश कूटनीतिक नियोगमार्फत प्रवाह गर्नुपर्नेमा जोड दिए।