एनपिएल दोस्रो संस्करणको तयारी पूरा
- २९ कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रतियोगिता पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ।
क्यानका महासचिव पारस खड्काले पत्रकार सम्मेलनमा विजेता टोलीलाई रु १ करोड १० लाख पुरस्कार दिने घोषणा गरे। उपविजेताले रु ५१ लाख, तेस्रो स्थानले रु २५ लाख र चौथो स्थानले रु १५ लाख प्राप्त गर्नेछ।
यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो। यसपटक एनपिएलमा आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन्। उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ।