२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

फ्रान्समा एक करोड २० लाख डलर बराबरको गहना चोरी

फ्रान्समा एक करोड २० लाख डलर बराबरको गहना चोरी

फ्रान्स- उत्तरी फ्रान्सको रूबैक्समा एक गहना पसलमा बुधबार राति भएको घटनामा चोरहरूले करिब १२ लाख अमेरिकी डलर बराबरका गहना चोरी गरेका छन्। चोरीअघि जौहरी र उनकी श्रीमतीलाई केही समय बन्धक बनाइएको थियो।

प्रहरीका अनुसार चोरी भएका गहनाको मूल्य पाँच लाखदेखि १० लाख युरोबीच अनुमान गरिएको छ। घटनामा संलग्न आशङ्कामा पक्राउ परेका व्यक्तिहरूविरुद्ध अपहरण, संगठित अपराध र सशस्त्र चन्दा असुलीबारे अनुसन्धान सुरु भएको छ।

त्यसै दिन रूबैक्सकै मुख्य हुलाक कार्यालयमा भएको अर्को घटनामा नगद स्थानान्तरण धुकुटी तोडफोड गरी झोला चोरी भए पनि त्यसमा केही नभएको प्रहरीले जनाएको छ। यस घटनामा संलग्न छ जनालाई त्यही साँझ पक्राउ गरिएको थियो।

गत महिना पेरिसको लुभ्र म्युजियममा पनि एक गिरोहले दिनदहाडै छापा मार्दै १० करोड २० लाख अमेरिकी डलर बराबरका बहुमूल्य तथा ऐतिहासिक गहना चोरी गरेका थिए।