न्युर्कमा सामूहिक गोलीकाण्ड: १० वर्षीय बालकसहित दुईको मृत्यु, तीन घाइते
- ३० कार्तिक २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- शनिबार राति न्युर्कको साउथ वार्डमा भएको सामूहिक गोलीकाण्डमा १० वर्षीय बालक र २१ वर्षीया युवतीको मृत्यु भएको छ। अन्य तीन जना — ११ वर्षीय बालक, १९ वर्षीय युवक र ६० वर्षीय पुरुष — घाइते भएका छन् र उपचाररत छन्।
घटनास्थल चान्सलर एवेन्युमा साँझ ७ बजे प्रहरी पुगेको थियो। पीडितहरूको नाम सार्वजनिक गरिएको छैन।
न्युर्कका मेयर रस बराकाले हिंसालाई “अमानवीय र अर्थहीन” भन्दै निन्दा गरे। गभर्नर फिल मर्फीले सामाजिक सञ्जालमा पीडित परिवारका लागि प्रार्थना गर्न आग्रह गरे।
यस वर्ष न्युर्कमा हिंसात्मक अपराध घटेको तथ्याङ्क सार्वजनिक भए पनि यो घटना शहरका लागि ठूलो आघात बनेको छ। अनुसन्धान अझै जारी छ।