मेक्सिको सिटीको विरोध प्रदर्शनमा झडप, १२० जना घाइते
- ३० कार्तिक २०८२
- १ मिनेटको पढाई
मेक्सि- मेक्सिको सिटीमा राष्ट्रपति क्लाउडिया सेनबामको सुरक्षा नीतिविरुद्ध आयोजित विरोध प्रदर्शन हिंसात्मक बनेपछि शनिबार कम्तिमा १२० जना घाइते भएका छन्। घाइतेमध्ये १०० जना प्रहरी अधिकारी र २० जना प्रदर्शनकारी रहेका छन्।
सुरक्षा प्रमुख पाब्लो भाजक्वेजका अनुसार प्रदर्शन सुरुमा शान्तिपूर्ण थियो तर हुड लगाएका केही व्यक्तिले हिंसात्मक गतिविधि गरेपछि झडप सुरु भयो। अधिकारीहरूले डकैती, आक्रमण तथा पत्रकारमाथि आक्रमणलगायत आरोपमा २० जनालाई पक्राउ गरेका छन्।
प्रदर्शनकारीहरूले दिवङ्गत मेयर कार्लोस मन्जोप्रति ऐक्यबद्धता जनाउँदै ब्यानर र तस्वीरसहितको टोपी लगाएका थिए। केही युवाले ‘वन पिस’ को समुद्री डाकू झण्डा पनि प्रदर्शनमा प्रयोग गरेका थिए।
राष्ट्रपति सेनबामले यस आन्दोलनलाई ‘अकार्बनिक’ र ‘भुक्तान गरिएको’ भन्दै आलोचना गर्नुभएको छ। झडपका क्रममा सुरक्षाकर्मीहरूले अश्रुग्यास प्रयोग गरी भीडलाई नियन्त्रणमा लिन प्रयास गरेका थिए।