२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड संकलन

जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड संकलन

टोकियो – जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि आयोजित टोकियो सप्ताह सम्पन्न भएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको आयोजनामा भएको आठ दिन लामो कार्यक्रममा करिब रु ११ करोड संकलन भएको अध्यक्ष सुभास लामिछानेले जानकारी दिए।

कार्यक्रममा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल र बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले कथा वाचन गरेका थिए। करिब २५ हजार नेपालीको सहभागिता रहेको कार्यक्रममा नेपालीबीचको एकता, भाइचारा र पुस्ताबीचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्य राखिएको थियो।

निर्माण हुन लागेको ‘नेपाल हाउस’मा नेपालको संस्कृति झल्काउने घर, विभिन्न जातजातिको वेषभूषा, पशुपतिनाथ, बौद्ध र स्वयम्भू जस्ता मन्दिर, परम्परागत कृषि औजार, विवाह–ब्रतबन्ध गर्ने स्थानसमेत रहनेछ।

एनआरएनए जापानका पूर्वअध्यक्ष नवीन निउरेले टोकियोको चिवा केनमा यसका लागि जमिन खरिद भइसकेको जानकारी दिएका छन्।