२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

अमेरिकी सेनासँगको अनुभव साटासाट र सहयोग सम्बन्धी छलफल सुरु

अमेरिकी सेनासँगको अनुभव साटासाट र सहयोग सम्बन्धी छलफल सुरु

काठमाडौं- नेपाली सेना र अमेरिकी सेनाबीच सन् २०१८ देखि सञ्चालन हुँदै आएको स्थल सेनाबीच अनुभव साटासाट तथा छलफल कार्यक्रम (एलएफटी)को छैटौँ संस्करण आजदेखि जङ्गी अड्डामा सुरु भएको छ।

तीन दिनसम्म चल्ने कार्यक्रममा विश्व शान्ति स्थापना, मानवीय सहयोग तथा विपद् प्रतिकार्यजस्ता विषयमा दुई राष्ट्रबीच अनुभव आदानप्रदान हुने जनाइएको छ।

यस अवसरमा नेपाल आएका अमेरिकी सेनाको प्रशान्त क्षेत्रका टोली प्रमुख लेफ्टिनेन्ट जनरल स्कोट ए. वीन्टरले प्रधानसेनापति अशोकराज सिग्देलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।

नेपाली सेनाले भारत, चीन, बेलायत, पाकिस्तानलगायत देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यासमा सहभागिता जनाउँदै आएको छ। सेनाले यस्ता कार्यक्रमहरूले मित्रराष्ट्रबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको छ।