पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो
- ०४ मंसिर २०८२
- १ मिनेटको पढाई
काठमाडौं- पशुपति क्षेत्र विकास कोषले आज भगवान् पशुपतिनाथसँग सम्बन्धित नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्री सर्वसाधारणलाई दर्शन गराएको छ।
कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र आमावास्याका दिन यी सामग्री प्रदर्शन गर्ने परम्परा कायम राखेको छ। आज बिहान ९:०० देखि ११:१५ बजेसम्म सुरक्षा निकायको सहयोगमा दर्शन गराइएको हो।
यसअघि मङ्सिर २ गते आमावास्याका दिन पनि नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत गरगहना सर्वसाधारणलाई देखाइएको थियो।
यी सामग्री एक वर्षसम्म सुरक्षित रूपमा राखिने परम्परा अनुसार त्रयोदशी र आमावास्यामा मात्र सार्वजनिक रूपमा प्रदर्शन गरिन्छ।