२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

ओभल अफिसमा ट्रम्प–मामदानी भेट : प्रशंसा र सहकार्यको संकेत

ओभल अफिसमा ट्रम्प–मामदानी भेट : प्रशंसा र सहकार्यको संकेत

न्युयोर्क- महिनौँसम्म एक–अर्कामाथि अपमानजनक टिप्पणी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यूयोर्कका नवनिर्वाचित मेयर जोहरन मामदानीबीच शुक्रबार पहिलोपटक ओभल अफिसमा भेट भयो।

भेटपछि ट्रम्पले मामदानीलाई “अत्यन्तै तर्कसंगत व्यक्ति” भन्दै प्रशंसा गरे। उनले भने, “न्यूयोर्कलाई महान बनाउन चाहने मानिससँग भेट भयो, म उनलाई उत्साहपूर्वक समर्थन गर्नेछु।”

मामदानीले भेटलाई “उत्पादक” तथा “न्यूयोर्क सिटीलाई सस्तो र बस्नयोग्य बनाउन केन्द्रित” भएको बताए। उनले भने, “हामीले भाडा, खाद्यान्न, ऊर्जा खर्चबारे कुरा गर्‍यौँ। राष्ट्रपति सँगको समयलाई म मूल्यवान मान्छु।”

ट्रम्पले समेत न्यूयोर्कमा बस्न मामदानीको नेतृत्वमा सहज हुने बताए। उनले भने, “हामी धेरै कुरामा सहमत छौँ, म उनलाई राम्रो काम गर्न मद्दत गर्नेछु।”

यसअघि चुनाव अभियानमा दुबैजनाले एक–अर्कालाई कठोर शब्द प्रयोग गरेर आक्रमण गरेका थिए। तर पहिलो भेटमा दुबैजनाले साझा उद्देश्य — न्यूयोर्कलाई सुरक्षित र सस्तो बनाउने — मा जोड दिए।

भेटपछि ह्वाइट हाउसका वरिष्ठ अधिकारीले छलफललाई “अत्यन्तै सफल” भएको बताए।