२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्युजर्सी निवासी विशाल कार्की अमेरिकाको ‘स्टाइल आइकन’ प्रतियोगिताको क्वार्टरफाइनलमा

न्युजर्सी निवासी विशाल कार्की अमेरिकाको ‘स्टाइल आइकन’ प्रतियोगिताको क्वार्टरफाइनलमा

न्युयोर्क- न्युजर्सी निवासी विशाल कार्की अमेरिकाको स्टाइल आइकन प्रतियोगितामा क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। उनलाई जिताउन र भोट गर्न आग्रह गर्दै न्यूयोर्कमा लामो समयदेखि समाजसेवामा सक्रिय व्यक्तित्व केशबराम राईको अगुवाइमा क्विन्सस्थित 76 स्ट्रीट, ज्याक्सन हाइट्समा रहेको किरात चोकमा पत्रकार सम्मेलनकाे आयोजना गरिएको थियो।

उक्त सम्मेलनमा पूर्व डिआइजी पार्वती थापा, समाजसेवी श्याम श्रेष्ठ, बुद्धिजीवी पूर्ण लामा, मिडियाकर्मी सम्राट कर्मी लगायत कलाकार, पत्रकार तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम गायक तथा संगीतकार अभय ढुंगेलले सञ्चालन गरेका थिए। कार्यक्रममा उपस्थित अतिथिहरूले प्रतियोगी विशाल कार्कीलाई शुभकामना र आशीर्वाद दिँदै भोट गर्ने तरिकाकाे समेत जानकारी गराएका थिए। वरिष्ठ लोक तथा दोहोरी गायक बिरही कार्कीका सुपुत्र विशाल कार्कीले आफ्नो जित नेपाली समुदायको गौरव हुने बताउँदै पर्यटन क्षेत्र, बुद्धको देश तथा विश्वप्रसिद्ध मठ–मन्दिर संस्कृतिको प्रचार–प्रसारमा योगदान पुग्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रम संयोजक केशबराम राईले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आफ्ना साथी, सर्कल तथा विभिन्न संघ–संस्थालाई प्रतियोगी विशाल कार्कीलाई धेरैभन्दा धेरै भोट दिएर जिताउन अनुरोध गरेका थिए।