२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

रोमानियामा सडक दुर्घटनामा सर्लाहीका २५ वर्षीय सलिनको मृत्यु

रोमानियामा सडक दुर्घटनामा सर्लाहीका २५ वर्षीय सलिनको मृत्यु

काठमाडौं- सर्लाहीका २५ वर्षीय सलिन आले मगरको युरोपको रोमानियामा सडक दुर्घटनामा मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका–६ निवासी सलिन करिब १० महिनाअघि रोजगारीका लागि राजधानी बुखारेस्ट पुगेका थिए र त्यहाँको पान फास्टफुडमा कार्यरत थिए।

शुक्रबार साँझ बुखारेस्टको काला जिउलेस्ती सडक पार गर्ने क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आएको कारले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। सो कार १८ वर्षीय रोमानियन युवकले चलाएको पुष्टि गरिएको छ।

रोजगारीका लागि विदेश पुगेका नेपाली युवाको असामयिक निधनले परिवार र समुदायलाई गहिरो शोकमा डुबाएको छ।