२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

संभावित अमेरिकी आक्रमणको सामना गर्न भेनेजुएलामा सैन्य अभ्यासको आदेश

संभावित अमेरिकी आक्रमणको सामना गर्न भेनेजुएलामा सैन्य अभ्यासको आदेश

काबुल- संयुक्त राज्य अमेरिकाले भेनेजुएला विरुद्ध नयाँ चरणको कारबाही गर्ने तयारी गरिरहेको रोयटर्सको रिपोर्टमा उल्लेख छ। यसैबीच अमेरिकी सेनाले क्यारिबियन सागरमा आफ्नो उपस्थिति बढाउँदै २० भन्दा बढी लागूपदार्थ तस्करी गर्ने डुङ्गा डुबाएको छ, जसमा ८० भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ।

अमेरिकाले यी कारबाहीलाई लागूपदार्थ विरोधी अभियानको रूपमा प्रस्तुत गरेको छ भने भेनेजुएलाले यसलाई भूराजनीतिक दबाबको रणनीति भनेको छ। अमेरिकी विदेश विभागले कार्टेल डे लस सोल्सलाई विदेशी आतंकवादी संगठनको रूपमा सूचीकरण गर्ने निर्णय पनि गरेको छ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी आरोपलाई मिथ्था भन्दै देशलाई सतर्क रहन आह्वान गरेका छन्। उनले सम्भावित आक्रमणको प्रतिकारका लागि सैन्य अभ्यास गर्न आदेश दिँदै भेनेजुएला ‘अविनाशी’ हुने दाबी गरेका छन्।

यसरी, अमेरिका–भेनेजुएला सम्बन्ध फेरि तनावपूर्ण बनेको छ, जसले क्षेत्रीय स्थिरतामा गम्भीर असर पार्ने संकेत देखाएको छ।