पूर्व एफबीआई निर्देशक कोमी र न्यूयोर्क अटर्नी जनरल जेम्सविरुद्धको आपराधिक मुद्दा खारेज
- ०९ मंसिर २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- अमेरिकी संघीय न्यायाधीश क्यामरन क्युरीले पूर्व एफबीआई निर्देशक जेम्स कोमी र न्यूयोर्क अटर्नी जनरल लेटेटिया जेम्सविरुद्ध दायर आपराधिक मुद्दा खारेज गरेका छन्।
न्यायाधीशले अभियोग लगाउने अभियोजक लिन्ड्से ह्यालिगन गैरकानूनी रूपमा नियुक्त भएको भन्दै ग्रान्ड जूरीमा आरोप लगाउने अधिकार नभएको स्पष्ट पारे। ह्यालिगनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई निशाना बनाउन नियुक्त गरेको आरोप छ।
कोमी र जेम्सले आफू निर्दोष रहेको बताउँदै मुद्दालाई राजनीतिक प्रेरित भने।
व्हाइट हाउसले भने बीबीसीसँग प्रतिक्रिया दिँदै “आरोपका तथ्यहरू बद्लिएका छैनन्, यो अन्तिम फैसला होइन” स्पष्ट पारे।
राष्ट्रपति ट्रम्पले विगतमा बारम्बार कोमी र जेम्समाथि आक्रमण गर्दै सामाजिक सञ्जालमा “उनीहरू अत्यन्त दोषी छन्” भन्दै तुरुन्त न्याय हुनुपर्ने टिप्पणी गरेका थिए।