२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

जेनेभा वार्ता : ‘ट्रम्प शान्ति–योजना’ संशोधित, यूक्रेन–अमेरिका संयुक्त बयान

जेनेभा वार्ता : ‘ट्रम्प शान्ति–योजना’ संशोधित, यूक्रेन–अमेरिका संयुक्त बयान

जेनेभा- जेनेभामा सम्पन्न बहुपक्षीय वार्तापछि अमेरिका र युक्रेनले रूस–युक्रेन युद्ध अन्त्य गर्न ‘अपडेटेड पीस प्लान’ सार्वजनिक गरेका छन्।

रविवारको छलफलमा अमेरिका, जर्मनी, फ्रान्स, बेलायत र युक्रेनका प्रतिनिधिहरू सहभागी भए। यसअघि प्रस्तुत अमेरिकी प्रस्तावलाई व्यापक रूपमा रूसपक्षीय मानिएको थियो।

नयाँ योजनामा १९ बुँदा समावेश गरिएको बताइएको छ। समाचार एजेन्सीहरूका अनुसार यसमा पश्चिमी देशहरूले युक्रेनमा स्थायी रूपमा सेना तैनाथ गर्न नपाउने तर पूर्ण प्रतिबन्ध भने नहुने व्यवस्था गरिएको छ।

योजना अनुसार रूसलाई डोनबास क्षेत्र निःशुल्क दिइने छैन, युक्रेनले कूटनीतिक बाटोबाट कब्जा गुमाएका भूभाग फिर्ता गर्ने अधिकार राख्नेछ। युद्ध अपराधका लागि पूर्ण क्षमादान हटाइएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्तामा “काफी प्रगति भएको” टिप्पणी गर्दै यसलाई आगामी सहमतिको आधार मानिएको बताए।